११ माघ २०८१, शुक्रबार January 24, 2025

खेल क्षेत्रको बिकास र बिस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिन्छ : राज्यमन्त्री रैका

१५ जेष्ठ २०७९, आईतवार
खेल क्षेत्रको बिकास र बिस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिन्छ : राज्यमन्त्री रैका

सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले अागामी निति तथा कार्यक्रममा खेलकुद क्षेत्रको बिकास र बिस्तारलाई प्राथमिकता दिईने बताउनु भएको छ ।
राज्यमन्त्री रैकाले क्रिकेट खेलको बिकासमा संघीय र प्रदेश सरकारको समन्वयमा छिट्टै कामहरु अगाडि बढ्ने समेत बताउनु भएको छ ।
धनगढीमा जारी लिटिल फ्लावर स्पोर्ट्स ईभेन्ट धनगढीद्घारा अायोजित धनगढी सुपर लिग (DSL) T-20 क्लब क्रिकेट प्रतियोगिता २०७९को समापन समारोहलाई संबोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एंव सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री रैका ले उक्त कुरा बताउनु भएको हो ।
जेठ ५ गते देखि शुरु भएको खेल अाज १४ गते समापन भएको हो । उक्त अवसरमा बिजेता महेन्द्रनगर क्रिकेट क्लब र उपबिजेता लिटिल फ्लावर क्रिकेट क्लब धनगढीलाई कार्यक्रमका प्रमुख अतिथि एंव सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ज्यू ले पुरस्कार सहित सम्मानपत्र प्रदान गर्नुभएको थियोे ।