२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा आउँछ : प्रम देउवा

१२ जेष्ठ २०७९, बिहीबार
गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा आउँछ : प्रम देउवा

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा र कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिरेन्द्र भट्ट बीच भेटवार्ता सम्पन भएको छ । भेटमा गेटा मेडिकल कलेज यथासिघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ ।
नगर प्रमुख भट्टले प्रधानमन्त्री देउवालाई बिहिबार काठमाण्डौंमा भेटेर कलेज यथासिघ्र सञ्चालन गर्न माग गरेका हुन् । प्रधानमन्त्री देउवा कलेज सञ्चालनका लागि वजेट विनियोजन गरेको र छिटो सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेको नगर प्रमुख भट्टले जानकारी दिए ।


यता मेडिकल सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । बिहीवार गेटा मेडिकल सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राखिएका छन् । सरकारले नीति तथा कार्यक्रममा गेटा मेडिकल नपारेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।