७ बैशाख २०८१, शुक्रबार April 19, 2024

प्रतिभा महिला सशक्तिकरण पुरस्कार घोषणा

११ जेष्ठ २०७९, बुधबार
प्रतिभा महिला सशक्तिकरण पुरस्कार घोषणा

कैलाली । रोडन मेडिकलका सञ्चालक चन्द्रसिंह चौधरीले प्रतिभा महिला सशक्तिकरण पुरस्कारको घोषणा गरेका छन् ।
उनले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथीको अवसरमा उक्त पुरस्कार घोषणा गरेका ह्न । पुरस्कार राशी १० हजार रहेको छ । उक्त पुरस्कार बार्षिक एक जना स्रष्टालाई प्रदान गरिने जनाइएको छ ।
सञ्चालक चौधरीले अक्षयकोषका लागि ५० हजार रुपिया थारु लेखक संघलाई हस्तान्तरण गरेका छन् ।
कोरोका कारण गत वर्ष उनकी श्रीमति प्रतिभाको निधन थियो । कोरोना संक्रमण भइ बैशाख २९ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनको निधन भएको हो ।
थारु अगुवा तथा समाजसेवी समेत रहेका चौधरी नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत वरिष्ठ प्राविधिक, जय मालिका कलेज धनगढीका सञ्चालक समेत हुन् । उनीहरुका २ छोरी छन् । कार्यक्रममा थारु लेखक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।