६ बैशाख २०८२, शनिबार April 19, 2025

धनगढी ५ मा मादक तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

११ जेष्ठ २०७९, बुधबार
धनगढी ५ मा मादक तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा मादक पदार्थ र सुर्तीजन्य पदार्थको जथाभावी बिक्रि वितरणमा रोक लगाइएको छ । वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुले ‘हाम्रो वडा हामी बनाउछौँ’ भन्ने अभियानका साथ धुम्रपान मध्यपान, सुर्तीजन्य पदार्थ तथा गुट्खा, खैनी लगायतका वस्तु जथाभावी बिक्रि वितरणमा रोक लगाएका हुन् ।

वडा नम्बर ५ को क्षेत्रभित्र होटल तथा किराना पसलका संचालकहरुले व्यापार व्यवसाय गर्दा १६ वर्षभन्दा मुनिका बालबालिका र विद्यालय पोशाकमा रहेकाहरुलाई सुर्तिजन्य पदार्थ विक्रि वितरणमा समेत रोक लागाइएको छ ।

बालबालिकालाई यस्ता पदार्थ सेवन नगर्नु नगराउन समेत वडा कार्यालयले सूचना मार्फत व्यवसायीहरुलाई जानकारी गराएको छ । धुम्रपान, मद्यपान सहित लागुपदार्थ दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि अभिभावकहरुले वडा कार्यालयमा आएर गुनासो गरेपछि सुचना प्रकाशन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले किराना तथा होटेल व्यवसाय गरि रहेका व्यापारीहरुलाई विक्री वितरण रोक्न निर्देशन दिएको वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र शाहीले बताए । निर्देशनको अवज्ञा गरी कसैले बिक्री वितरण गरेमा कानुन बमोजिम कारवाही गरिने उनले बताए ।