२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

नगरप्रमुख हमालको पहिलो निर्णय : धनगढीको विकासका लागि पञ्चवर्षीय योजना

९ जेष्ठ २०७९, सोमबार
नगरप्रमुख हमालको पहिलो निर्णय : धनगढीको विकासका लागि पञ्चवर्षीय योजना

कैलाली । धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय सदर गरेका हुन् । सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६/०८ देखि २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने) बनाई कार्यान्वयनमा लैजाने सो निर्णयमा भनिएको छ ।
निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु ।’