१४ फाल्गुन २०८०, सोमबार February 26, 2024

एकल महिलाको सवालमा प्रदेश सरकार गम्भीर छ : राज्यमन्त्री रैका

६ जेष्ठ २०७९, शुक्रबार
एकल महिलाको सवालमा प्रदेश सरकार गम्भीर छ : राज्यमन्त्री रैका

कैलाली । सुदूर पश्चिम प्रदेशका सामाजिक बिकास राज्य मन्त्री टेक बहादुर रैकाले मन्त्रालयले आव २०७९÷८० को नीति तथा कार्यक्रममा एकल महिला एंव सिमान्तकृत समुदायको अधिकार र बिकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।
नमूना एकल महिला मंच नेपालद्घारा लम्की चुहानगरपालिका वडा नं ३ चिसापानीमा आयोजित एकल महिलाका सवाल र अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै सामाजिक विकास राज्यमन्त्री रैकाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा विभिन्न एकल महिला अगुवाहरुले राज्यमन्त्री रैकालाई एकल महिलाको सवालमा शिक्षा स्वास्थ रोजगारीको क्षेत्रमा विशेष ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रम नमूना एकल महिला मंच नेपालकी अध्यक्ष दिपा विकको अध्यक्षतामा सम्पन्न भएको थियोे ।