७ फाल्गुन २०८१, बुधबार February 19, 2025

भजनीका मेयरमा नागरिक उन्मुक्तिका केवल र उपमेयरमा राजु विजयी

५ जेष्ठ २०७९, बिहीबार
भजनीका मेयरमा नागरिक उन्मुक्तिका केवल र उपमेयरमा राजु विजयी

भजनी । कैलालीको भजनी नगरपालिका नागरिक उन्मुक्ति पार्टीले मेयर र उपमेयर जितेको छ ।
मेयरमा केवल चौधरीले आठ हजार ९६६ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी शेरबहादुर चौधरीले पाँच हजार १९८ मत पाए । शेरबहादुर निवर्तमान मेयर पनि हुन् ।
उपप्रमुखमा राजु तिरुवा सात हजार ६२२ विजयी भइन् । उनले काँग्रेसका गोकेन्द्र भण्डारीलाई पराजीत गरेकी हुन । भण्डारीले चार हजार ४९० मत पाएका थिए ।
भजनीमा काँग्रेस र माओवादी गठवन्धन भएको थियो ।
वडा अध्यक्षहरुमा नागरिक उन्मुक्तिबाट वडा नम्बर १ मा धर्मेन्द्र श्रेष्ठ, ३ मा विक्रम चौधरी र ६ मा रामसागर चौधरी विजयी भएका छन् । माओवादी केन्द्रबाट वडा नम्बर २ मा दुर्गा पुनमगर, ४ मा जन्तराम चौधरी, ८ मा पंकज चौधरी, एमालेबाट वडा नम्ब्र ५ मा केशब बहादुर बुढा र ९ मा संजीव चौधरी र काँग्रेसबाट वडा नम्बर ७ मा अमर बहादुर कठरिया विजयी भएका छन् ।
नागरिक उन्मुक्ती पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरमा अध्यक्ष र उपाध्यक्ष जितिसकेको छ।