२१ मंसिर २०७९, बुधबार December 7, 2022

घोडाघोडीमा समाजवादीका रावत विजयी

५ जेष्ठ २०७९, बिहीबार
घोडाघोडीमा समाजवादीका रावत विजयी

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा नेमपा एकीकृत समाजवादीले जित निकालेको छ । प्रदेशकै सबैभन्दा ठुलो दल भएपनि सो पार्टीले पालिकाको प्रमुखमा पहिलो पटक जित निकालेको हो ।
सो पार्टीका उम्मेदवार खड्क रावत १३ हजार १२८ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४९ मत पाए । उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् ।
उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् । चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन् ।