२१ मंसिर २०७९, बुधबार December 7, 2022

घोराहीमा पुनः दोहरिए नरुलाल

५ जेष्ठ २०७९, बिहीबार
घोराहीमा पुनः दोहरिए नरुलाल

घोराही । सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।
यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।
डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जित्दा काँग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।