२१ मंसिर २०७९, बुधबार December 7, 2022

कैलारी–८ मा काँग्रेसका तारामल प्यानल विजयी

४ जेष्ठ २०७९, बुधबार
कैलारी–८ मा काँग्रेसका तारामल प्यानल विजयी

धनगढी । कैलालीको कैलारी गाउँपालिमा नेपाली काँग्रेसको अग्रता सँगै वडा नम्बर ८ मा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार तारामल कठरिया आफ्नो प्यानल सहित विजयी भएका छन् ।
उनले १३६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका दुखीराम कठरिया ८८० मत ल्याएका थिए । यस अघिको निर्वाचनमा नेकपा माओवादी केन्द्रका दुखीराम कठरिया अध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँपालिकामा यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरी र ५ मा विष्णुप्रसाद चौधरी र वडा नम्बर ६ मा प्रेम चौधरी र वडा नम्बर ७ मा दिपेन्द्र बम आफ्नो प्यानल सहित विजयी भैसकेका छन् ।
यता वडा नम्बर १ देखि ८ सम्म भएका मतगणनामा काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले ९४६८ मत प्राप्त गरि पहिलो, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ५९२३ मत प्राप्त गरि दोस्रो र राप्रका उम्मेदवार होमबहादुर गुरुङले ४८१३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
उपाध्यक्ष तर्फ काँग्रेसकी भगवती चौधरी ९४८२ मत, माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु ५८९३ मत र राप्रापाकी पिंगला थारु ४०५४ प्राप्त गरेकी छन् ।