२१ मंसिर २०७९, बुधबार December 7, 2022

जोशीपुर–६ मा माओवादी केन्द्रका भोजराज विजयी

४ जेष्ठ २०७९, बुधबार
जोशीपुर–६ मा माओवादी केन्द्रका  भोजराज विजयी

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ६ मा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।
माओवादी केन्द्रबाट वडा अध्यक्षमा भोजराज डंगौरा ८८८ मत ल्याएर विजयी भएका हुन् । वडाका खुल्ला सदस्यमा खडक बहादुर डंगौरा (८७१), खुल्ला सदस्य राजेन्द्र प्रसाद वडायक (९०९), महिला सदस्य रेखा कुमारी चौधरी (९०४) र दलित महिला सदस्य नेपाली कांग्रेसबाट विष्णु नेपाली (४९४)ले विजयी भएका छन् ।
जोशीपुर वडा नं. ६ का नेपाली कांग्रेसका नेता राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र रहेको वडामा माओवादी केन्द्रले विजय हासिल गरेको हो । नेपाली कांग्रेसले अहिलेसम्म गाउँपालिकाको कुनै पनि वडामा विजय प्राप्त गर्न सकेको छैन् ।