२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

गोदावरीको प्रमुखमा भट्ट र उपप्रमुखमा रोकाया विजयी

४ जेष्ठ २०७९, बुधबार
गोदावरीको प्रमुखमा भट्ट र उपप्रमुखमा रोकाया विजयी

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन ।
काँग्रेसका उम्मेदवार विरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गरेका छन भने प्रतिष्पर्धि गोकर्णले ११ हजार दुई सय २४ मत प्राप्त गरेका हुन । यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार शारदा देवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार छ सय ७० मत प्राप्त गरेकी थिइन् ।
नगरपालिकाको उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीलाई उम्मेदवार बनाएको थियो । सो नगरपालिकामा सत्ता गठबन्धनकातर्फकी उपप्रमुखकी उम्मेदवार रतना कडायतले नौ हजार नौ सय ८३ मत प्राप्त गरेकी छन् । उनी निवर्तमान उपप्रमुख हुन ।