१० चैत्र २०८१, सोमबार March 24, 2025

कैलारी–७ मा दिपेन्द्र बमको प्यानल विजयी

४ जेष्ठ २०७९, बुधबार
कैलारी–७ मा दिपेन्द्र बमको प्यानल विजयी

धनगढी । कैलालीको कैलारी गाउँपालिमा नेपाली काँग्रेसको अग्रता सँगै वडा नम्बर ७ मा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार दिपेन्द्र बम अत्यधिक मतले आफ्नो प्यानल सहित विजयी भएका छन् ।
उनले १९२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल चौधरीले १२५४ मत पाएका छन् । यस अघिको निर्वाचनमा नेकपा माओवादी केन्द्रका कमल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचित भएसँगै उनले जनताको आधारभूत आवश्यकतालाई पहिलो प्राथामिकता दिने बताएका छन् । उनले गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य, रोजगार सृजना लगायत किसानहरुका लागि विउविजन, मलखाद, धान गहुँको उचित मूल्य, नदी कटान तथा डुबानका समस्या नियन्त्रण, मुक्तकमैया तथा वर्षौ देखि ऐलानी जग्गा उपभोग गरिरहेका यहाँका स्थानीयलाई लालपूर्जा वितरण गर्ने लगायत आफ्नो पहिलो प्राथमिकता रहेको बताए । यसका साथै उनले गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने पनि आफ्नो पहल रहने बताए ।
गाउँपालिकामा यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरी र ५ मा विष्णुप्रसाद चौधरी र वडा नम्बर ६ मा प्रेम चौधरीले आफ्नो प्यानल सहित विजयी भैसकेका छन् ।
यता वडा नम्बर १ देखि ७ सम्म भएका मतगणनामा काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले ८११५ मत प्राप्त गरि पहिलो, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ५०७७ मत प्राप्त गरि दोस्रो र राप्रका उम्मेदवार होमबहादुर गुरुङले ४६२२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
उपाध्यक्ष तर्फ काँग्रेसकी भगवती चौधरी ८१४६ मत, माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु ५१५७ मत र राप्रापाकी पिंगला थारु ३९२५ प्राप्त गरेकी छन् ।