२१ मंसिर २०७९, बुधबार December 7, 2022

जोशीपुर–५ मा नागरिक उन्मुक्ति पार्टीका अनर विजयी

४ जेष्ठ २०७९, बुधबार
जोशीपुर–५ मा नागरिक उन्मुक्ति पार्टीका अनर विजयी

धनगढी । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजयी हासिल गरेको छ ।
सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी भए । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उनी वडा अध्यक्षमा विजयी भए । जित हासिल गरेका चौधरीले ८०३ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका सोनी डङ्गौरा, नागरिक उन्मुक्ति पार्टीबाट दलित महिला सदस्यको उम्मेदवार नहुँदा सो पद्मा नेपाली काङ्ग्रेसका उम्मेदवार शान्ती नेपाली विजयी भएका छन् । खुला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रामबहादुर चौधरी र श्याम सुन्दर चौधरी विजयी भए ।