जानकीमा नागरिक उन्मुक्ति खोल्यो खाता, वडा नम्बर ७ मा कमल विजयी
४ जेष्ठ २०७९, बुधबार
कैलाली । जानकी गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कमल महत्तो विजयी भएका छन् । कमलको जितसंगै नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिकामा जितको खाता खोलेको छ । त्यहाँ चारै जना सदस्य पनि उन्मुक्तिले जितेको छ ।