७ बैशाख २०८१, शुक्रबार April 19, 2024

बर्दगोरिया अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी निर्वाचित

३ जेष्ठ २०७९, मंगलवार
बर्दगोरिया अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी निर्वाचित

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार बर्दगोरिया गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कुँवरले ५ हजार ८ सय ४२ मत ल्याई विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई १ हजार ६ सय ५६ मतान्तरले पराजित गरे । पराजित कठरियाले ४ हजार १ सय ८६ मत ल्याएका छन् । उपाध्यक्षमा निर्वाचित माओवादीका उम्मेदवार गणेशराज गिरीले ४ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दुकुमारी चौधरीलाई पराजित गरेका हुन् । उपाध्यक्षमा पराजित चौधरीले ४ हजार २ सय ५५ मत प्राप्त गरेकी थिइन् । बर्दगोरिया गाउँपालिकामा १४ हजार ९ सय ४३ मत खसेको थियो ।