१६ चैत्र २०८०, शुक्रबार March 29, 2024

नेपाली काँग्रेसका विष्णुप्रसाद चौधरीलाई पुनः वडा हाँक्ने जिम्मेवारी

३ जेष्ठ २०७९, मंगलवार
नेपाली काँग्रेसका विष्णुप्रसाद चौधरीलाई पुनः वडा हाँक्ने जिम्मेवारी

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार विष्णुप्रसाद चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन् । यो सँगै उनले पुनः वडा हाक्ने जिम्मेवारी पाएका हुन् ।
उनले १५५३ मत ल्याएर विजयी भएका हुन् । सदस्यहरुमा क्रमशः भागुदास चौधरी (१४५९), मानबहादुर चौधरी(१५४७), अनारकली चौधरी(१४४८) ओ पवित्रा परियार(१४९८) मत ल्याएरविजयी भएका हुन् ।
यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन् ।
यता वडा नम्बर १ देखि ५ सम्म भएका मतगणनामा काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले ५२०७ मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले ३८८६ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ३०८५ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
उपाध्यक्ष तर्फ काँग्रेसकी भगवती चौधरी ५२१२ मत, राप्रापाकी पिंगला थारु ३३२९ र माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु ३१९२ मत प्राप्त गरेकी छन् ।