कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ मा नागरिक उन्मुक्ति पार्टी प्यानल सहित विजयी भएको छ । गाउँपालिका–३ को वडाअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकी रेणु कुमारी डगौँरा पूरै प्यानल सहित विजयी भएकी छन् ।
उनी ६ सय १५ मत ल्याई विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर कुमार कठरियाले ५ सय ९३ मत ल्याएका थिए । महिला सदस्यमा फुलमती डगौरा ६ सय ४२, दलित महिला सदस्य शितल वि.क ६ सय ५१, खुल्ला सदस्यद्वय राजेश चौधरी ६ सय ५५, ज्ञान प्रसाद महतो ६ सय १६ मत ल्याएर विजयी भएका छन् ।