बैतडी । बैतडी मेलौलीको नगर प्रमुखमा माओवादीका भीम चन्द (भूकम्प) निर्वाचित भएका छन् । बैतडीको मेलौली नगरपालिकामा सुरुवाती अवस्थामा नेकपा एमालेले अग्रता लिएपनि पछि नगर प्रमुखमा माओवादीका चन्द (भूकम्प) ले अग्रता लिएका थिए ।
माओवादीका भीम चन्द (भूकम्प) निर्वाचित भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए । साथै बिजयी भएकोमा शुभकामना बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गरेका छन् । यस्तै उप प्रमुखमा नेपाली काँग्रेसका पार्वती बोहरा बिष्ट निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट मेयर उम्मेदवार जगदिशसिंह नायक, नेपाली कांग्रेसका प्रेमबहादुर चन्द र माओवादी केन्द्रका भीमबहादुर चन्दको उमेदवारी थियो । यस्तै उपमेयरमा नेकपा एमालेका हेमन्ती नायक, कांग्रेसका पार्वती बोहोरा विष्ट, माओवादीका मनिषा दयाल उम्मेदवार रहेका थिए ।