९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कैलारीको वडा नम्बर ४ मा ठागुराम चौधरीको प्यानल विजयी

२ जेष्ठ २०७९, सोमबार
कैलारीको वडा नम्बर ४ मा ठागुराम चौधरीको प्यानल विजयी

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार ठागुराम चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन् ।

उनले ८५४ मत ल्याएर विजयी भएका हुन् । यसअघि नेपाली काँग्रेसका वडा नम्बर १ मा धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन् ।
यता वडा नम्बर १ देखि ४ सम्म भएका मतगणनामा काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले ३८४६ मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले २९४६ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले २३५७ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
उपाध्यक्ष तर्फ काँग्रेसकी भगवती चौधरी ३७९४ मत, राप्रापाकी पिंगला थारु २४८९ र माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु २४९८ मत प्राप्त गरेकी छन् ।