९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कैलारीमा निरन्तर अग्रस्थानमा राजसमझ

२ जेष्ठ २०७९, सोमबार
कैलारीमा निरन्तर अग्रस्थानमा राजसमझ

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले निरन्तर अग्रता कायमै राखेको छ ।
वडा नम्बर १, २ र ३ मा पुरै प्यानल जित हासिल गरिसकेको काँग्रेसले वडा नम्बर ४ मा पनि अध्यक्ष, उपाध्यक्ष, अध्यक्ष लगायत वडा सदस्य पदमा अग्रता कायम गरेको हो । गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले ३३३१ मत प्राप्त गरि पहिलो स्थानमा रहेका छन् । उनलाई राप्रका उम्मेदवार होमबहादुर गुरुङले पच्छ्याइ रहेको छन् । अध्यक्षका उम्मेदवार गुरुङले २७९० मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । उनीहरुको बीच ५४१ मत अन्तर रहेको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले २१९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
उपाध्यक्ष तर्फ काँग्रेसकी भगवती चौधरी ३३५२ मत, राप्रापाकी पिंगला थारु २३५९ र माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु २३१७ मत प्राप्त गरेकी छन् । काँग्रेसले वडा नम्बर १, २ र ३ मा पुरै प्यानल सहित विजयी हासिल गरिसकेको छ । वडा नम्बर १ मा धोजहरिपाल बोहरा, २ मा विकास चौधरी र ३ मा सन्तराम चौधरी अध्यक्षमा विजयी भएका छन् ।