८ बैशाख २०८१, शनिबार April 20, 2024

कैलारीको वडा नम्बर ३ मा सन्तराम चौधरीको पुरै प्यानल विजयी

२ जेष्ठ २०७९, सोमबार
कैलारीको वडा नम्बर ३ मा सन्तराम चौधरीको पुरै प्यानल विजयी

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । साथै वडा नम्बर ३ मा वडा अध्यक्ष सन्तराम चौधरी सहित पुरै प्यानल विजयी भएको छ । उनले १ हजार १२ ल्याएर विजयी हासिल गरेका हुन । यस अघि भएको निर्वाचनमा माओवादी केन्द्रका कैलाश कुश्मी वडा अध्यक्ष सहित पुरै प्यानलै विजयी हासिल गरेका थिए ।
यता काँग्रेसले अग्रता कायमै गरेको छ । काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले २७३८ मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले २५७६ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले २१२६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
काँग्रेसले वडा नम्बर १ र २ मा पुरै प्यानल सहित विजयी हासिल गरिसकेको छ ।