धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।
गाउँपालिकाको वडा नम्बर २ को १ हजार २०२ मतगणना गर्दा र वडा नम्बर १ को मत सहित गाउँपालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका राजसमझ चौधरीले १३२० मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले ११८२ दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ८८१ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले २०९ मत प्राप्त गरि चौथो स्थानमा रहेका छन् ।
उपाध्यक्षमा काँग्रेसका १३७८, राप्रापाका ९८७, माओवादी केन्द्रका ९३४ र एमालेका २१६ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष तर्फ काँग्रेसका ३८८, राप्रापाका २१६, माओवादी केन्द्रका ३१३ र एमालेका ९० मत प्राप्त गरेका छन् ।
यस अघि वडा नम्बर १ को वडा अध्यक्षमा ध्वजहरिपाल बोहरा सहित उनकोे पुरै प्यानल विजयी भएका छन् ।
उनले १ हजार १५ मत ल्याएर विजयी भएका हुन् । वडा सदस्यमा क्रमशः लिलापति चौधरी(१०४६), पुष्पा भूल(१०२१), तुलसी प्रसाद चौधरी(९९४) र सिकारी चौधरी(९७९) मल ल्याएर विजयी भएका हुन् ।