धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै गरेको छ ।
गाउँपालिकाको वडा नम्बर २ को ९५१ सय मतगणना गर्दा वडा नम्बर १ को मत सहित गाउँपालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका राजसमझ चौधरीले १२५४, राप्रका उम्मेदवार होमबहादुर गुरुङले १११५, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ८२६ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले १८७ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष तर्फ काँग्रेसका ३१७, राप्रापाका १७२, माओवादी केन्द्रका २४४ र एमालेका १७४ मत प्राप्त गरेका छन् ।
यस अघि वडा नम्बर १ को वडा अध्यक्षमा ध्वजहरिपाल बोहरा सहित उनकोे पुरै प्यानल विजयी भएका छन् ।
उनले १ हजार १५ मत ल्याएर विजयी भएका हुन् । वडा सदस्यमा क्रमशः लिलापति चौधरी(१०४६), पुष्पा भूल(१०२१), तुलसी प्रसाद चौधरी(९९४) र सिकारी चौधरी(९७९) मल ल्याएर विजयी भएका हुन् ।