८ बैशाख २०८१, शनिबार April 20, 2024

धनगढीमा हमालकोे अग्रता कायमै

१ जेष्ठ २०७९, आईतवार
धनगढीमा हमालकोे अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामाको आइतबारको पहिलो मत मरिणाम सार्वजनिक भएको छ । आज बिहान ६ बजेसम्मको मतगणना अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ ।
जम्मा २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन् । शनिवार दिउसो १२ बजेबाट सुरु भउको मतगणना जारी रहेको छ ।
मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ । उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।