धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमसँगै वडा नम्बर १ को वडा अध्यक्षमा ध्वजहरिपाल बोहरा सहित उनको पुरै प्यानल विजयी भएका छन् ।
उनले १ हजार १५ मत ल्याएर विजयी भएका हुन् । वडा सदस्यमा क्रमशः लिलापति चौधरी(१०४६), पुष्पा भूल(१०२१), तुलसी प्रसाद चौधरी(९९४) र सिकारी चौधरी(९७९) मल ल्याएर विजयी भएका हुन् ।
अध्यक्ष बोहराले आफ्ना प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बालकृष्ण डगौरालाई पराजित गरि विजयी भएका हुन् । निवर्तमान अध्यक्ष रहेका डगौराले ६६० मत ल्याएका छन् । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी पुरै प्यानल विजयी भएका थिए ।
जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो गाउँपालिकामा २८ हजारर ६९७ मत खसेको छ । भने वडा नम्बर १ मा २ हजार ८९२ मत खसेको थियो ।
गाउँपालिकाको वडा नम्बर १ को २ हजार ८९२ मत मतगणना गर्दा गाउँपालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका राजसमझ चौधरीले ९३९, राप्रका उम्मेदवार होमबहादुर गुरुङले ८९२, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ६३१ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले १०७ मत प्राप्त गरेका छन् ।