कैलाली । गत पुस २० गते मात्रै दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ ।
सत्तारुढ गठबन्धनसहित पुराना दलहरूका उम्मेदवारहरूलाई पछार्दै नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेदवार बीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरकासाथ विजयी भएको हो ।
वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।