३ असार २०८१, आईतवार June 16, 2024

धनगढीमा १२५३ मतगणना, हमालको अग्रता कायमै

३१ बैशाख २०७९, शनिबार
धनगढीमा १२५३ मतगणना, हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामाको पछिल्लो मतगणना सार्वजनिक भएको छ । पछिल्लो मतगणना अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम रहेको छ ।
१ हजार २५३ मतगणना हुँदा हमालले ६२४ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३८४, नेकपा एमालेका रणबहादुर चन्दले ५४ मत पाएका छन् ।अहिले पनि मतगणना जारी छ ।
मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ । उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ ।