१० बैशाख २०८१, सोमबार April 22, 2024

कैलारीमा कांग्रेसको अग्रता

३१ बैशाख २०७९, शनिबार
कैलारीमा कांग्रेसको अग्रता

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ को १९ सय मतगणना गर्दा गाउँपालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका राजसमझ चौधरीले ६०७, राप्रका उम्मेदवार होमबहादुर गुरुङले ६०५, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ३९७ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले ७९ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष तर्फ काँग्रेसका ७३४, राप्रापाका ४५१, माओवादी केन्द्रका ४१८ र एमालेका ७९मत प्राप्त गरेका छन् ।