७ बैशाख २०८१, शुक्रबार April 19, 2024

कैलारीमा राप्रापाको अग्रता कायमै

३१ बैशाख २०७९, शनिबार
कैलारीमा राप्रापाको अग्रता कायमै

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता कायमै रहेको छ ।
गाउँपालिकाको वडा नम्बर १ को ८ सय मत गणना गर्दा अध्यक्षमा राप्रका उम्मेदवार होमबहादुर गुरुङले २७०, नेपाली काँग्रेसका राजसमझ चौधरीले २४१, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले १६४ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले ४० मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष तर्फ राप्रपाका २३३, नेपाली काँग्रेसका २५१, माओवादी केन्द्रका १८३ र एमालेका उम्मेदवार ३८ मत प्राप्त गरेका छन् ।