धनगढी । कैलालीको कैलारी गाउँपालिकामा राप्रपाले सुरुवाती अग्रता बनाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा अध्यक्षमा राप्रका उम्मेदवार होमबहादुर गुरुङले १८३, नेपाली काँग्रेसका राजसमझ चौधरीले १४०, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले २४ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष तर्फ राप्रापाका १३७, काँग्रेसका १६८, माओवादीका १०६ र एमालेका २२ मत प्राप्त गरेका छन् । ५०० मत मध्ये ९४ मत बदर भएको जनाइएको छ ।