१० बैशाख २०८१, सोमबार April 22, 2024

विद्यार्थीलाई स्कूल ड्रेस तथा शैक्षिक सामाग्री सहयोग

२७ बैशाख २०७९, मंगलवार
विद्यार्थीलाई स्कूल ड्रेस तथा शैक्षिक सामाग्री सहयोग

हसुलिया । कैलारी उद्योग वाणिज्य संघ हसुलियाले विद्यार्थीलाई स्कूल ड्रेस र शैक्षिक सामाग्री सहयोग गरेको छ ।
संघका अध्यक्ष नेपालु चौधरी लगायत संघका पदाधिकारीहरुले आगलागी पीडित विपतपुर मुक्तकमैया शिविरका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बिच स्कूल ड्रेस र शैक्षिक सामाग्री सहयोग गरेको हो । यहि बैशाख ११ गते बस्तीमा भिषण आगलागी शिविर नै खरानी भएको थियो ।
आगलागीबाट विद्यार्थीहरुका कापी, किताब लगायत लत्ताकपडा, स्कूल ड्रेस जलेकाले केही भएपनि राहत पुग्ने भन्दै उक्त सामाग्री सहयोग गरेको संघका अध्यक्ष चौधरीले बताए । बस्तीका ४० विद्यार्थीका स्कूल ड्रेस र कापी कलम सहयोग गरेको संघका महासचिव शंकर चौधरीले बताए ।
कार्यक्रममा गाउँका भलमन्सा हिंगुराम चौधरी, संघका सचिव कासीराम चौधरी, सदस्यहरु कालीचरण चौधरी, ज्ञानु चौधरी र हरिराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।