१३ बैशाख २०८२, शनिबार April 26, 2025

बागी उम्मेदवारलाई कारवाही गर्ने प्रधानमन्त्री देउवाको चेतावनी

२६ बैशाख २०७९, सोमबार
बागी उम्मेदवारलाई कारवाही गर्ने प्रधानमन्त्री देउवाको चेतावनी

धनगढी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने चेतावनी दिएका छन् । सोमबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
‘स्थानीय सरकार पनि जित्न जरुरी छ । बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हा¥यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’
सम्बोधनकै क्रममा आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुनसक्ने बताएका छन् । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ,’ उनले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’