२७ आश्विन २०८१, आईतवार October 13, 2024

सिमित साधनस्रोतका बाबजूद पनि धेरै काम गर्‍यौँ : लाजुराम

२६ बैशाख २०७९, सोमबार
सिमित साधनस्रोतका बाबजूद पनि धेरै काम गर्‍यौँ : लाजुराम

कैलाली । कैलारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाजुराम चौधरी गाउँपालिकामा सिमित साधनस्रोतका बावजूद पनि धेरै काम भएको बताए । गाउँपालिका अध्यक्षका लागि पुनः उम्मेदवार बनेका उनले सिमित साधनस्रोतले पनि आफ्नो ५ वर्षे कार्यकालमा धेरै काम सम्पन्न गरेको बताए ।
‘हामीसँग सिमित स्रोतसाधन मात्र हुन्थ्यो’, उनले भने–‘तर पनि हामीले पाँच वर्षे कार्यकालमा भौतिक पूर्वाधार निर्माण देखि लिएर कानूनी तथा प्रासासनिक काम सफलतापूर्वक सम्पन्न ग¥यो ।’
उनले पाँच वर्षको अवधिमा भौतिक पूर्वाधार निमार्ण तर्फ वडा नम्बर ३, ४, ६ र ७ को वडा कार्यालय भवन निर्माण तथा गाउँपालिकाको सभा निर्माण गरेको बताए । यस्तै हसुलियामा ई.लाईब्रेरी भवन निर्माणको क्रममा रहेका बताए ।
यसैगरि वडा नम्बर ५ मा १५ शैया अस्पातलको डिपिआर भएर टेन्डर प्रकियामा रहेको र वडा नम्बर १, ३, ४, ६ मा स्वास्थ्य चौकी भवन निर्माण र वडा नम्बर ८ को मोहनी बजार प्राथमिक स्वास्थ्य चौकीको सेवा सुचारु र रामपुर खोप क्लिनिक भवन निर्माण सम्पन्न भएको छ ।
यसैगरि सामिक्षा बहुउद्देश्यीय महिला विकास सहकारी बसन्ता, अखुँवा सहकारी संस्था पृथ्वीपुर, श्रमशिल सहकरी संस्था, जनवातावरण सहकरी संस्था खरवाखेको बिउ गोदाम भवन र कैलारी सहकारी हसुलिया, बसन्ता सहकारीको भवन, मुक्त कमलहरी सहकारी संस्था र सामरचौरा सहकारीको भवन निर्माण सम्पन्न भएको छ भने बसौटी सहकारी भवन निर्माणको क्रममा रहेको र चेतनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको राइसमिल घर निर्माण भएको छ ।
यसैगरि बसन्ता सव डिभिजन कार्यालय भवन निर्माण, वडा नम्बर ३ खोनपुर, ५ बिसनपुर, ७ भुईयाँफाँटा र बिपतपुर विओपी स्थापना, छुट्की पलियामा सीमा प्रहरी चौकी स्थापना गरेका छौँ ।
गाउँपालिकाको वडा नम्बर २, ३ र ९ मा सभाहल भवन निर्माण, वडा नम्बर २, ७, ६ र ९ मा कृषि संकलन केन्द्रको गोदाम घर निर्माण, वडा नम्बर ४ मा कृषि समुहको भवन निर्माण सम्पन्न भएको छ ।
यसैगरि वडा नम्बर १, ४, ५, ६ र ९ मा सामुदायिक भवन निर्माण, वडा नम्बर ६ मा एकल महिला सामुदायिक भवन निर्माण, डोंगपुर क्लब, बैजपुर क्लब, र स्मार्ट समन्वय क्लबको भवन निर्माण पनि सम्पन्न भएका छन् ।
संघीय र प्रदेश सरकारको साझेदारीमा ६.५ किलोमिटर बाटो कालोपत्रे, सडकपुर लोहरपुर सडक खण्ड ३ वर्ष भित्र कालोपत्रे सम्पन्न हुने, ५५ किलोमिटर लुज बाटो ग्राभेल, तराई मधेक कार्यक्रम अन्र्तगत ३.८ कि.मि. सडक स्तरोन्नती, गाउँपालिकाबाट २३.१ कि.मि. सडक स्तरोन्नती, सडक स्तरोन्नती साझेदारी १०.२ कि.मि., भौतिक/जैविक तट्टबन्धन १५ कि.मि. लगायतका काम सम्पन्न गरेका छौँ ।
यसैगरि गाउँपालिकाको सहकार्य तथा साझेदारीमामा समिक्षा सहकारी मसाला उद्योग भवन निर्माण, चेतनशिल सहकारीका मिल भवन, माछा दाना उद्योग, कमल पोखरी दाना उद्योग, पकरिया बाबा चप्पल उद्योग, पारदर्शी झोला उद्योग, वनदेवी होजियारी उद्योग, कालिका डेरी उद्योग, जनवातावरण विउबिजन उद्योग, कृषि हरियाली सहकारी संस्था बसन्तामा ग्रेडिङ्ग उद्योग स्थापनाको कार्य सम्पन्न भएको छ ।
सूचना प्रविधीतर्फ गाउँ कार्यपालिका देखि सबै वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, बिओपीहरु नेट बिस्तार भएको छ । सबै गाउँ कार्यपालिका देखि सबै वडा कार्यालयमा अनलाईन प्रविधिबाट इ–सिफारिस, राजश्व व्यवस्थापन र योजना व्यवस्थापन भएका छन् । गाउँपालिका कार्यलय तथा वडाहरुमा डाटा पोर्टल स्थापना गरि सूचना तथा जानकारी, सर्भर तथा कम्प्यूटर ल्याव स्थापना, म्यासेन्जिङ्ग सिस्टमबाट सूचना प्रवाह, वडा कार्यालय/गा.पा. र नमूना विद्यालयमा सि.सि.टि.भी. क्यामरा जडान भएका छन् ।
कानुनी तथा प्रशासनिक क्षेत्रमा हामीले ४९ वटा ऐन तथा कानुन, कार्यविधि, निर्देशिका निर्माण गरेका छौँ । हामीले भुमिहिनहरुको लालपुर्जाका लागि निस्सा वितरण शुरु भएको छ । गाउँपालिकालाई विभेदमूक्त गाउँपालिका घोषणा, गाउँपालिकालाई साक्षर घोषणा, स्थानी थारु भाषा पाठ्यक्रम निर्माण र लागू, नमुना विद्यालयको निर्माण, मोहनापारी तथा घुराहापारीको बस्तीको विकासका लागि विशेष क्षेत्र विकास कार्यक्रम लागू, कोरोनाकालमा कोरोना रोकथाम, नियन्त्रण तथा राहत वितरण र व्यवस्थापन गरेका छौँ ।
यसैगरि कृषि तथा पशु क्षेत्रतर्फ हामीले कृषिमा यान्त्रीकरण तथा बजारीकरण, कृषि सिर्चाइ मोटर वितरण, कृषि ब्लक पाकेटको निर्माण, कृषिको धान गहुँको बिउमा ५० प्रतिशत अनुदान, पुशपंक्षी ब्लक पकेट निर्माण, कुखुरा पालनमा अनुदान, माछाको ब्लक निर्माण लगायत क्षमता विकास तथा रोजगर कार्यक्रमतर्फ हामीले विभिन्न तालिमहरु सञ्चालन गरि युवारोजगार सृजना गरेका छौँ ।
यी र यस्ता यावत काम समयमै सम्पन्न गरेकै कारण हामीले सरकारको प्राकृतिक स्रोत वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्यांकन प्रतिवेदन अनुसार ७६.४९ अंक प्राप्त गरि मुलुककै उत्कृष्ट पाँचौ र पालिका मध्ये तेस्रो स्थान प्राप्त गर्न सफल भएका छौँ । आशा छ मतदाताहरुले मलाई पुनः विश्वास गर्नु हुनेछ ।