३० बैशाख २०८३, बुधबार May 13, 2026

कैलारीमा अत्यावश्यक सेवा बाहेक सबै सेवा एक हप्ताका लागि स्थगित

२५ बैशाख २०७९, आईतवार
कैलारीमा अत्यावश्यक सेवा बाहेक सबै सेवा एक हप्ताका लागि स्थगित

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगित गर्न लागिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि कर्मचारीहरु मतदान स्थलमा खट्न थालेकाले वैशाख २६ देखि जेठ २ गतेसम्म गाउँपालिका, वडा कार्यालयहरु र सबै स्वास्थ्य संस्थाबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा स्थगित रहने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । कर्मचारीहरु निर्वाचन अधिकृतको कार्यालयसहित तोकिएको मतदान स्थलका मतदान केन्द्रहरुमा खट्दै छन् । त्यसले गर्दा सेवाग्राहीलाई सेवा, सुविधा दिन नसकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरद्वारा जारी सूचनामा उल्लेख छ । सो अवधिमा सेवा, सुविधा दिन असमर्थ भएकोमा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिकाको कार्यालयले क्षमायाचना पनि मागेको छ ।