२० मंसिर २०८१, बिहीबार December 5, 2024

गाउँपालिकालाई भ्रष्टाचारमुक्त र नमूना बनाउँछु : राजसमज

२३ बैशाख २०७९, शुक्रबार
गाउँपालिकालाई भ्रष्टाचारमुक्त र नमूना बनाउँछु : राजसमज

कैलाली । कैलारीमा नेपाली काँग्रेसले पाँच वर्षे रणनीति बनाउँदै आफ्नो प्रतिवद्धता सहित चुनावी अभियानलाई तिब्र बनाएको छ ।

काँग्रेसले आफ्नो प्रतिवद्धता पत्रमा गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने देखि भौतिक रुपमा नमूना गाउँपालिका बनाउने उल्लेख गरेको छ । काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका लागि राजसमझ चौधरी र उपाध्यक्षमा भगवती चौधरी उम्मेदवार सहित चुनावी दौडमा उत्रेका छन् । ‘समृद्ध कैलारीगाउँपालिकाको आधार, स्वरोजगार एवं पूर्वाधार’ भन्ने मूलनारा सहित चुनावमा होमिएका अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकालाई भौतिक, सामाजिक, आर्थिक रुपमा वास्तविक नमूना गाउँपालिका बनाउने दाबी गरेका छन् ।

प्रतिवद्धतापत्र पूर्णपाठ सहित
‘समृद्ध कैलारीगाउँपालिकाको आधार, स्वरोजगार एवं पूर्वाधार’

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू
हार्दिक जय नेपाल तथा नमस्कार ।
नयाँ वर्ष २०७९ को आगमनसँगै वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कैलारी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष, उपाध्यक्ष र ९ वटै वडामा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारका रूपमा समृद्ध कैलारी गाउँपालिकाको आधार, स्वरोजगार एवं पूर्वाधारका योजना बोकेर यहाँहरूको स्नेह, आशीर्वाद र अमूल्य मतको विनम्र अपेक्षासहित यहाँंहरूकै घरदैलोमा उभिएका छौं । यो महत्वपूर्ण घडीमा नेपाली जनताको मुक्ति स्वतन्त्रता, न्याय र लोकतन्त्रको रक्षा तथा जनताको उन्नत्ति र विकासका लागि भएका सबै आन्दोलन र संघर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्ने समस्त सहिदहरूलाई हृदयदेखि स्मरण गर्दै, स्थानीय तहको निर्वाचनमा उत्साह पूर्वक सहभागी भई मतदान गर्न कैलारी गाउँपालिकावासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछौं ।

आत्मासात, प्रण र आहवान

आत्मसातः कैलारीगाउँपालिका सम्पूर्ण जनताको विकासप्रतिको तीव्र भावना र समृद्ध कैलारी गाउँपालिकाको आधार, स्वरोजगार एवं पूर्वाधार र जनताको गुणस्तरीय जीवनको परिकल्पनालाई आत्मसात गर्दछौं ।
प्रणः हामी भ्रष्टाचार गर्ने छैनौं र गर्न पनि दिने छैनौं । गाउँपालिकावासीको सेवासुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि गर्दछौं ।
अठोटः समृद्ध कैलारी गाउँपालिकाको आधार, स्वरोजगार एवं पूर्वाधार र विकास प्रतिको आकांक्षालाई अनवरतरूपमा पूरा गर्न कैलारी गाउँपालिकावासीको स्नेह र समर्थनको अपेक्षाका साथ कैलारी गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संसाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट गर्दछौं ।
आह्वानः नेपाली काँग्रेसका तर्फबाट कैलारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ९ वटै वडामा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी रहेको छ । हामी सबैको संकल्प कैलारी गाउँपालिकावासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोटसहितको समुन्नत र समृद्ध कैलारी गाउँपालिका बनाउन नेपाली काँग्रेसका तर्फबाट मतदानमा उत्साह पूर्वक सहभागी हुन आह्वान गर्दे सम्पूर्ण आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक अपिल गर्दछौं ।

हाम्रा प्रमुख प्रतिवद्धताहरूः–
पूवार्धार विकासतर्फ

१.गाउँपालिकाभित्रका धुले सडकमा ग्राभेलिङ गर्ने, वडाभित्रका मूल सडकलाई प्राथमिकताका आधारमा ढल निकाससहितको सडक कालोपत्रे गरिनेछन् ।
२.शिक्षाको विकासका लागि कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्न पहल गरिनेछ ।
३.प्राविधिक शिक्षाका लागि गाउँपालिकाले संचालन गर्ने गरी कृषि, इन्जिनियरिङ्ग, होटल म्यानेजमेन्ट र वनविज्ञान बहुप्राविधिक शिक्षालय संचालन गरिनेछ । साथै बहुप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको स्वीकृतमा संचालनमा रहेका सामुदायिक विद्यालयलाई थप सुविधा प्रदान गरिनेछ ।
४.स्वास्थ्य सेवाका लागि १५ शैयाको विशेषज्ञ सहितको गाउँपालिकाको मुख्य अस्पताल हुने गरी अस्पताल स्थापना गरिनेछ ।
५.सुर्मीनाला–बढैपुर सडकखण्ड कालोपत्रेको लागि संघीय र प्रदेश सरकारसँग विशेष प्राथमिकताका साथ पहल गरिनेछ ।
६.गाउँपालिका भित्रका सबै वडामा ओभरहेड ट्याङ्की निर्माण गरी ३ वर्षभित्र एक घर एक धारा व्यवस्था गरिने छ ।
७.खानेपानीका ट्याङ्की निर्माण भएका वडामा पाईपलाइन बिस्तार गरी १ वर्षभित्र घरघरमा शुद्ध खानेपानी वितरण गर्ने ।
८.निर्वाचित भएको ६ महिनाभित्र गाउँपालिकाको आफ्नै बारुण यन्त्र (दमकल)को व्यवस्था गर्ने ।
९.प्रत्येक वडामा अक्सिजनसहितको एक÷एक वटा एम्बुलेन्सको व्यवस्था गरिने छ ।
१०.विसनपुर–मन्झरा जोडने कटैनी नदिमा पक्की पुलको निर्माणको लागि पहल गर्ने ।
११.हौसलपुर, शिवरत्नपुर, मोहनपुरमा आवतजावतका लागि मोहना नदिमा झोलुङ्गे पुल निर्माणको लागि तत्काल पहल गर्ने ।

कृषि क्षेत्रतर्फः–
१.कृषि विकासका दीर्घकालीन योजना बमोजिम कृषिमा यान्त्रीकरण, वितरण, सौर्य सिंचाई तथा कृषि मिटरको व्यवस्था, मूल तथा उन्नत जातका विउ उत्पादन र वितरण, जैविक तथा रासायानिक मलखादको समयमै उपलब्ध गराउने ।
२.गुरगी बाँध निर्माणको लागि विशेष पहल गर्ने, साथै प्रत्येक वडामा सिंचाई सुविधाका लागि आवश्यक ठाउँमा डिप बोरिङको योजना अगाडि बढाउने ।
३.कृषकहरूको उत्पादनलाई सुरक्षित राख्न कोल्डस्टोर र कृषिउपज संकलन केन्द्र स्थापना गरिनेछ ।
४.कृषकले उत्पादन गरेका कृषि उपजलाई उचित बजार मूल्यका लागि बजारीकरणको व्यवस्था गर्ने र दूध संकलन केन्द्रको स्थापना गरी घरघरमा दुग्ध संकलनको व्यवस्था गर्ने ।
५.प्रत्येक वडामा कृषि तथा पशु उपशाखाको व्यवस्था गर्ने ।
६.कृषि हाटबजारको व्यवस्थापन गरिनेछ ।
७.स्थानीय वातावरण हेरेर कुखुरापालन, बंगुर पालन, डेरी उद्योग, पुष्प व्यवसाय, उन्नत जातका पशुपालन र माछापालन जस्ता व्यवसायमा अनुदानको व्यवस्था तथा यान्त्रीकरणको व्यवस्था गरिनेछ ।
८.स्थानीय कृषि सहकारी संस्थाहरूमार्फत किसानलाई मलखाद, किटनाशक औषधि, कृषि औजार र वीऊविजन सहुलियत दरमा उपलव्ध गराइनेछ ।
९.एक गाउँ बहु उत्पादने नीति अनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१०.अर्गानिक कृषि खेतीलाई प्रोत्सहान गरी त्यसको बजारीकरणमा सहयोग गरिनेछ ।
११.प्राकृतिक सम्पदा अन्तर्गत ताल तलैयाको मर्मत सम्भार गर्दै पर्यटकीय अवधारण अनुरूप विकास गरिनेछ ।
१२) कृषि बिमा कार्यक्रम संचालन गरिनेछ ।

स्वास्थ्य, शिक्षा तथा खेलकुदः
.प्रसूति केन्द्रमा आधुनिक सामग्रीसहित स्तरोन्नती गर्ने, नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधिको उपलब्धता गराउने व्यवस्था गर्ने ।
२दीर्घ रोगी, सिकलसेल रोग, जेष्ठ नागरिक एवं विभिन्न रोगीहरूका उपचारका लागि विशेष किसिमका स्वास्थ्य शिविरहरू संचालन गर्ने ।
३.मुक्तकमैया, दलित, विपन्न परिवारका छोराछोरी साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि छात्रबृति कोषको स्थापना गर्ने ।
४.विद्यालयलमा ई–लाइब्रेरी,आधुनिक विद्यालय भवन, वाचनालय र विज्ञान प्रयोगशाला निर्माण गरिनेछन् ।
५.निजी स्रोतका शिक्षकहरूलाई गाउँपालिका शिक्षकमा परिणत गरी तलव भत्ता सुविधा सरकारी शिक्षक सरह बनाउन संघीय र प्रदेश सरकारसँग पहल गरिनेछ ।
६.राहत शिक्षक दरबन्दीलाई सरकारी दरबन्दीमा परिणत गर्न पहल गरिनेछ ।
७.बाल विकास केन्द्रका शिक्षकहरूलाई आधारभूत तहको सेवासुविधा उपलब्ध गराइनेछ ।
८.विद्यालयमा बालबालिकाको शतप्रतिशत पहुँच पु¥याउन हेप्पी स्कुलको अवधारणा अन्तर्गत चार वर्षसम्मका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा बृद्धि गरिनेछ साथै पाँच वर्षमा विद्यार्थीहरूको विद्यालय छोड्ने दर शुन्यमा झारिनेछ । त्यसका लागि खाजा, छात्रबृति तथा अन्य आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
९. कैलारी गाउँपालिकालाई पूर्ण बालश्रम मुक्त पालिका बनाइनेछ ।
१०.एक विद्यालय एक नर्सको व्यवस्था गरिनेछ ।
११.हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिनेछ ।
१२.निजी विद्यालयहरूलाई पालिकाबाट हुने सेवासुविधामा सहजीकरण गरी शुल्क अनुसार सेवासुविधा भए नभएको अनुगमन गरिनेछ ।
१३.स्थानीय मातृभाषामा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी लागू गरिनेछ ।
१४.बालविकास शिक्षक÷शिक्षिका तथा कर्मचारीहरूको मागलाई सम्बोधन गर्ने ।
१५.प्रत्येक वडामा रहेको खेल मैदानलाई स्तरोन्नती गर्ने, खेलाडीहरूलाई क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलकुदमा सहभागी गराउने । राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई रु. पचाँस, तीस र बीस हजार पुरस्कार उपलब्ध गराउने ।
१६.महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता मासिक रु. २,००० दिइने छ ।
वातावरण तथा विपत व्यवस्थापनः
१.कैलारी गाउँपालिका भित्र बग्ने नदीबाट हुने बाढी, डुबान र कटानका समस्या समाधान गर्न नदीमा तटबन्धनको व्यवस्था गरिनेछ ।
२.वन्यजन्तुबाट प्रभावित क्षेत्रहरूमा क्षति न्यूनीकरणका लागि डिभिजन वन कार्यालयसँगको सहयोगमा दीर्घकालीन उपायहरू अवलम्बन गर्ने ।
२.प्राकृतिक विपद बाढी र आगलागीबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउनका लागि स्थानीय दैविक उद्धार प्रकोप कोषको स्थापना गर्ने र उच्च बास स्थानको व्यवस्था गर्ने साथै मानवीय र भौतिक सम्पतिको बिमा अनिवार्य गर्ने व्यवस्था गर्ने ।
३.भिषण आगलागीबाट ध्वस्त कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया वस्तीको निर्वाचित भएको २ महिनाभित्र दीर्घकालीन पुनस्र्थापना र पक्की आवास निर्माण गर्न संघीय र प्रदेश सरकारसँग पहल गर्ने ।
४.मोहना, घुराहा, कटैनी नदिबाट हुने डुबान, पटान र कटान जस्ता प्राकृतिक विपत न्यूनीकरण र नियन्त्रण गर्न जैविक तथा भौतिक तटबन्धनको व्यवस्था गर्ने ।

सामाजिक विकास सुशासनतर्फ

१.थारु समुदायको प्राचीन भल्मन्सा÷बडघर प्रथाको जर्गेना गर्ने र कानूनी व्यवस्थापनका गरी उनीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने ।
२.थारु समुदायका मौलिक सांस्कृति, भाषा, कला र साहित्यको पहिचान गरी विकास गर्ने । साथै अन्य समुदायको कला संस्कृतिको प्रवद्र्धन गर्ने ।
३.गाउँपालिकालाई भ्रष्टाचार मुक्त गर्न सबै भौतिक निर्माण र पालिकाका सबै कार्यहरू डिजिटल बोर्ड मार्फत सार्वजनिक गर्ने ।
४.करको दर न्यून गर्ने र करको दायरा बढाउने ।
५.विभिन्न समयमा नाप नक्सा भएका र नाप नक्सा गर्ने क्रममा रहेका, जग्गाको स्वामित्व नपाएका तर पाउन योग्य पर्ती जमिनको लालपूर्जा यथाशीघ्र वितरण गरिनेछ ।
६.घर जग्गाको मालपोत वैज्ञानिक कर प्रणली मार्फत निर्धारण गर्ने जस्मा बाटो नजिकको जग्गा, व्यापरिक भवन र खेती योग्य जमिन वर्गीकरण गरी फरक–फरक कर दर निर्धारण गर्ने ।
७.प्रचनलमा रहेका पुराना प्रस्तावित सडकहरूलाई सार्वजनिक बाटोको रूपमा नक्सामा रेखांकन गर्ने ।
८.स्थानीय रोजगारीको अवसरको सुजना गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने ।
९.सरकारी जागिरका लागि योग्यता प्राप्त भइसकेका शिक्षित यूवा युवतीहरूलाई विभिन्न तहका लोकसेवा आयोग परीक्षाको तयारी कक्षा निःशुल्क संचालन गर्ने ।
१०.बृद्ध भत्ता, एकल महिला भत्ता र अपाङ्गता भत्तालाई घरघरमा लागेर जनप्रतिनिधिको रोहवरमा कर्मचारीले वितरण गर्ने व्यवस्था गरिनेछ ।
महिला÷अल्पसंख्यकहरूका लागि उद्यमशिलता र स्वरोजगार कार्यक्रम
१.एकल, अशक्त, अतिविपन्न वर्गहरूका लागि आयआर्जन, उद्यमशिलता र स्वरोजगार कार्यक्रम संचालन गरिनेछ । उनीहरूलाई सहुलियत दरको कर्जा सहज रूपमा उपलब्ध गराउन बैंकहरूसँग सहजीकरण गरिनेछ ।
२.सार्वजनिक शौचालय, सरकारी कार्यालय र सार्वजनिक स्थानहरूमा स्तनपान तथा शिशु नर्सिंग कोठाको व्यवस्था गरिनेछ ।
३.हरेक नागरिकको स्वास्थ्य तथा जीवन बिमा अनिवार्य गरिनेछ । त्यसका लागि बिमा कम्पनीहरूसँग सहकार्य गरिनेछ ।
४.संचार क्षेत्रको विकास एवं विस्तारका लागि स्थानीय संचार नीति बनाई विज्ञापन, सूचना, संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गरिने छ ।
५.कैलारी गाउँपालिकाका भित्र ठूला योजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गरिनेछ ।