कैलाली।आगलागीबाट ध्वस्त भएको कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं ७ स्थित विपतपुर मुक्त कमैया बस्ती लाई जोशीपुर जेसिजले २५ हजार १ सय रुपैयाँ नगद सहयोग गरेको छ। जोशीपुर जेसिजका वर्ष २०२२ का अध्यक्ष जेसी सुध राम दहित, उपाध्यक्ष जेसी सन्तोष वि.क.,सुदिप चौधरी, सचिव जेसी भुमी सागर सुनार, महासचिव जेसी भिम विनाडी, जेसी सुशील चौधरी लगायतको उपस्थितिमा विपतपुर मुक्त कमैया बस्ती का भलमन्सा हिंगुराम चौधरीलाइ उक्त नगद रकम हस्तान्तरण गरिएको हो। उक्त सहयोग रकम जोशीपुर, लक्कड, सिमराना बजारका व्यवसायी बाट संकलन गरिएको हो। जोशीपुर जेसिजका वर्ष २०२२ का अध्यक्ष जेसी सुध राम दहितले जेसिजको ध्येय कि मानवताको सेवा जिबनको सर्वोत्तम कार्य हो भन्ने उद्देश्यले आगलागीबाट प्रभावित लाई केही राहत होस भनी सहयोग गरेको बताए।
आफु खुशी नगद दिएर मानवताको सेवा गरि पुण्यको कार्यमा सवैलाई सहभागि हुन पनि अध्यक्ष दहित आग्रह गरेका छन् । सन २०१३ मा स्थापना भएको जोशीपुर जेसिजले जनचेतनामुलक तथा युवा को व्यक्तीत्व, नेतृत्व,उधमशीलताको विकासका लागि स्थानीय स्तरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। राहत संकलन भने जोशीपुर जेसीजका उपाध्यक्ष सन्तोष वि.क.को संयोजकत्वमा भईरहेको छ । ७१ घरधुरी रहेको वस्तीमा स्थानीयको घर संगै खाध्यान्न, गहना, लत्ताकपडा, मेशिनरी औजार, पशुचौपाया जलेका थिए।