१४ मंसिर २०८०, बिहीबार November 30, 2023

वडा अध्यक्षका उम्मेदवार करणद्वारा माओवादी केन्द्रलाई समर्थन

१८ बैशाख २०७९, आईतवार
वडा अध्यक्षका उम्मेदवार करणद्वारा माओवादी केन्द्रलाई समर्थन

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हरिचरण चौधरी(करण)ले माओवादी केन्द्रलाईलाई समर्थन जनाएका छन् ।
वडाध्यक्षका स्वतन्त्र उम्मेदवार चौधरीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार लालतु चौधरीलाई समर्थन जनाएका हुन् । यसका साथै उनले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन अन्तरगत कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ५ को वडाअध्यक्षमा मेरो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको सबैमा अवगतै छ । आजको आवश्यकता जन आन्दोलन र जनयुद्धको उलब्धीको रक्षा र विकास गर्नु पर्ने भएकाले म मेरा समर्थक शुभचिन्तक र आम जनसमुदायमा पार्टी ध्रुवीकरण सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्यानललाई मेरो समर्थन जनाउँदै आम जनसमुदायलाई गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दछु ।’