१७ बैशाख २०८३, बिहीबार April 30, 2026

भजहर कप फुटबल प्रतियोगिता सुरु

१७ बैशाख २०८३, बिहीबार
भजहर कप फुटबल प्रतियोगिता सुरु

धनगढी , १७ बैशाख । कैलालीको कैलारी गाउँपालिकामा ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिता वैशाख १६ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमबिच प्रतियोगिताको उद्घाटन गरेका हुन ्। उद्घाटन खेलमा संघर्ष युवा क्लब मालाखेती विजयी भएको छ। निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइब्रेकरमा गौरीगंगा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै संघर्ष युवा क्लबले जित हात पारेको हो।


प्रतियोगिता अन्तर्गत वैशाख १७ गते हुने खेलमा आयोजक श्री युवा जनहित क्लब र एनवाइएमइ एस गेरुवा, बर्दियाबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै अर्को खेल नेपाल पुलिस क्लब र पृथ्वी युवा क्लब फुलवारीबीच हुने तालिका रहेको छ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेको छ। साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवद्र्धनमा सहयोग गरेका छन्।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक क्लबका अध्यक्ष साधुराम चौधरीले जानकारी दिए। उनका अनुसार फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिनेछन्।
प्रतियोगितामा महिलातर्फ छुर, डेल्वा दौड, टाँरा चिरौवर, कबड्डी, कुइली दिदी तथा पुरुषतर्फ डेगा दौडलगायतका खेलहरू समेत समावेश गरिएको आयोजकले जनाएको छ।