१ जेष्ठ २०८२, बुधबार May 14, 2025

प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाह

९ बैशाख २०८२, मंगलवार
प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाह

धनगढी, ९ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातान्त्रिक आन्दोलनमा महिलाले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरेका छन् ।
नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले सोमबार टिसिएनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान अवस्थामा हरेक क्षेत्रमा महिलाको सहभागिता बढिरहेको बताए । मुख्यमन्त्री शाहले महिलालाई अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पारेका थिए ।
यसैगरी, उनले लोकतन्त्र संस्थागत गर्न पनि महिलाले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गरेको उल्लेख गर्दै उनले भने, “प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यमा जनजाति समुदायका महिलालाई अवसर प्रदान गरेको छ ।”
नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।