धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा दश दिन भित्र नयाँ सरकार बनाउन आह्वान गरिएको छ । प्रदेश प्रमुख नाजिर मिँयाले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दे नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।
सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था रहेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । सरकार बनाउन २७ जनाको समर्थन आवश्यकपर्छ ।
प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा (एमाले), नेकपा (माओवादी) सँग १०÷१० जना, नेकपा (एकीकृत समाजवादीसंग चार जना, राप्रपा र स्वतन्त्रका १÷१ जना प्रदेश सभा सदस्य रहेका छन् ।
