२१ मंसिर २०७९, बुधबार December 7, 2022

कैलारीमा माओवादीका वडाध्यक्षसहित २ स्वतन्त्र उम्मेदवारको समर्थन अर्का स्वतन्त्र उम्मेदवारलाई

१७ बैशाख २०७९, शनिबार
कैलारीमा माओवादीका वडाध्यक्षसहित २ स्वतन्त्र उम्मेदवारको समर्थन अर्का स्वतन्त्र उम्मेदवारलाई

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्षसहित २ जना स्वतन्त्र उम्मेदवारले अर्का स्वतन्त्र उम्मेदवारलाई समर्थन जनाएका छन् ।
वडाध्यक्षका स्वतन्त्र उम्मेदवार वसन्त चौधरी र वडा सदस्यका स्वतन्त्र उम्मेदवार छत्र शाहीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अर्का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार अनिल कुमार चौधरीलाई समर्थन जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन अन्तरगत कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ६ को वडाअध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हामी स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार चौधरीको प्यानललाई समर्थन जनाएका छौ ।’
साथै उनीहरुले ‘कैची’ चुनाव चिन्ह पाएका अनिल कुमार चौधरीलाई अत्यधिक मत दिइ बिजयी गराउन समेत आममतदाताहरुलाई अपिल गरेका छन् ।
स्वतन्त्र उम्मेदवादवारी दिएका वडाध्यक्षका उम्मेदवार अनिल कुमार चौधरी, वसन्त चौधरी र वडा सदस्यका उम्मेदवार छत्र शाही नेकपा माओवादीका स्थानीय नेताहरु हुन् ।