७ फाल्गुन २०८१, बुधबार February 19, 2025

आगलागी पीडित परिवारलाई सहयोग

१७ बैशाख २०७९, शनिबार
आगलागी पीडित परिवारलाई सहयोग

धनगढी । आगलागीबाट पीडित कैलालीको कैलारी गाउँपालिका–७ बिपतपुर स्थित मुक्त कमैया परिवारलाई लायन्स क्लव अफ धनगढी ईन्नोभेटिभले राहत सामग्री सहयोग गरेको छ ।
लायन्स क्लव अफ धनगढी ईन्नोभेटिभले आगलागी पीडित ७१ परिवारलाई चामल,दाल, नुन, तेल, सोयाबिन, पिठो, चाउचाउ लगायतको राहत सामग्री सहयोग गरेको हो ।
लायन्स क्लव अफ धनगढी ईन्नोभेटिभका अध्यक्ष राकेश गुप्ताको नेतृत्वको टोलीले बिपतपुर पुगेर आगलागी पीडित मुक्त कमैया परिवारलाई सहयोग गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सशस्त्र प्रहरी ३४नम्बर गणका गणपति धन बहादुर सिंह, लायन्स क्लव अफ नैनादेवीका संस्थापक अध्यक्ष गोविन्द अधिकारी, प्रमोद शर्मा लगायतको उपस्थितिमा लायन्स क्लव अफ धनगढी ईन्नोभेटिभले आगलागी पीडित मुक्त कमैया परिवारलाई सामग्री प्रदान गरेको हो ।