२७ आश्विन २०८१, आईतवार October 13, 2024

बस्ती पुन: निर्माणका लागि प्रदेश सरकारलाई ज्ञापन पत्र

१६ बैशाख २०७९, शुक्रबार
बस्ती पुन: निर्माणका लागि  प्रदेश सरकारलाई ज्ञापन पत्र

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नं. ७ स्थित विपतपुर मुक्त कमैया बस्तीमा आगलागी भई पुरै गाउँ नै खरानी भए । यहाँ ७१ घरधुरी बसोबास गर्दै आएका बस्तीमा घर भित्र रहेको अन्न गरगहना, लुगा कपडा, मेसनरी समान विद्युतको मिटर तथा घरभित्र रहेको महत्वपूर्ण कागजात नागरिकता लालपुर्जा लगायत अन्य कागजात पुर्णरुपले नष्ट भएको छ ।

आगलागी बस्तीमा पूर्णरुपमा नष्ट भएका २७ वटा घरधुरी आंशिकरुपमा नष्ट भएका १२. घरधुरी र सामान्यरुपमा ३२ वटा घरधुरी क्षेति भएको गाउँको भलमन्सा हिगुराम चौधरी बताउँछन् ।

अहिले आग प्रभावित समुदाय टेन्टमूनि बस्न बाध्य छन् । उहाँहरु बस्ती पुर्णनिर्माण तथा जिपिकोपार्जन गर्नका निम्त तत्काल व्यवस्था गर्न पहलको लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ज्ञापन पत्र बझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै कृषि मन्त्री विनिता चौधरीले सुदूरपश्चिम प्रदेश सरकारले अग्नी प्रभावितहरुको बस्ती पुननिर्माणकालागि तत्काल डिपिआर गर्ने प्रतिबद्धता जनाईन् । प्रदेश सरकारले मुख्यमन्त्री एकिृत बस्ती अन्तर्गतको योजनामा विपतपुरमा पनि तुरुन्तै डिपिआर गरि साउन महिना सम्म बजेट विनियोग गरेर काम शुरु गर्ने अश्वासन दिए ।

यस्तै मुख्यमन्त्री त्रिलोचन्द भट्टले सुदूरपश्चिम प्रदेश सरकारले पूर्णरुपमा ध्वस्त भएका घरपरिवारलाई प्रतिपरिवार तत्कालकोलागि ५० हजार रुपैया सहयोग गर्ने जानकारी दिए । उहाँहरुले तत्काल बस्न मिल्ने सानो झुपडी बनाउनको लागि सो रकम सहयोग गर्ने बताए ।

त्यसस्तै आशिकरुपमा ध्वस्त भएका घरलाई २० देखि २५ हजार सम्म सहयोग गर्न सक्ने बताउँदै विपत व्यवस्थापन कोषबाट पनि खाद्यन्नको लागि केही सहयोग भईसकेको बताए ।