९ श्रावण २०८१, बुधबार July 24, 2024

विपतपुरका अग्नी पीडितलाई खाद्यान्न सहयोग

१३ बैशाख २०७९, मंगलवार
विपतपुरका अग्नी पीडितलाई खाद्यान्न सहयोग

कैलाली । कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया शिविरका अग्नी पीडितलाई खाद्यान्न सहयोग गरिएको छ ।
छटकपुर बसन्ताका किसानहरुले गाउँबाट खाद्यान्न संकलन गरि सहयोग गरेका हुन् । गाउँका भलमन्सा जीयाराम चौधरीको अगुवाईमा संकलन गरेको १५ क्वीन्टल चामल र १५ क्वीन्टल गहुँ विपतपुरका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेका
हन् ।
त्यस्तै फाया नेपालले पनि यूएनएफपीए कन्ट्री प्रोग्राम र सुआहारा परियोजना अन्र्तगत महिला, किशोरी, जेष्ठ नागरिकलाई सहयोग पुग्ने २ लाख ६६ हजार बढीको सामाग्री सहयोग गरेको छ ।
आइतबार भएको भिषण आगलागीलीबाट शिविरको ३८ घरबढी पूर्ण रुपले नष्ट र ३४ घर आंशिक रुपमा जलेर नष्ट भएका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा कैलारी गाउँपालिकाका सुचना अधिकारी यगम कलेल, शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र, फाया नेपालका शेरबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।