२६ कार्तिक २०८१, सोमबार November 11, 2024

कैलारी गाउँपालिका अध्यक्षका लागि ७ जनाको उम्मेदवारी दर्ता

१३ बैशाख २०७९, मंगलवार
कैलारी गाउँपालिका अध्यक्षका लागि ७ जनाको उम्मेदवारी दर्ता

कैलाली । कैलालीको कैलारी गाउँपालिका अध्यक्षका लागि निवर्तमान अध्यक्ष लाजुराम चौधरी सहित ७ जनाको उम्मेदवारी परेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निवर्तमान अध्यक्ष चौधरी र एक स्वतन्त्र उम्मेदवार सहित ७ जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षका लागि नेपाली कांग्रेसबाट राजसमझ चौधरी, नेकपा एमालेबाट झुमादेवी चौधरी, राप्रपाबाट होमबहादुर गुरुङ, नागरिक उन्मुक्तिबाट भीष्मराज चौधरी र लोकतान्त्रिक समाजवादीबाट विनोद कुमार चौधरी र स्वतन्त्रबाट मनिराम चौधरीले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षका लागि ३ स्वतन्त्र सहित १० जनाको उम्मेदवारी
गाउँपालिका उपाध्यक्षका लागि निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौंवा सहित १० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसमा ३ जनाले उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट भगवती कुमारी चौधरी, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी सत्गौंवा र गंगा चौधरी, नेकपा एमालेबाट जालुरामा चौधरी, राप्रपाबाट पिङ्गला थारु, जनता समाजवादीबाट फुलमति देवी चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट कविता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै स्वतन्त्रबाट अनिता कुमारी चौधरी, अनिता चौधरी र सरिता चौधरीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता दिएका छन् ।
कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाडफाँटमा सहमति भएको थियो । जस अन्र्तगत कैलारीमा माओवादी केन्द्रले अध्यक्ष र नेपाली काँग्रेसले उपाध्यक्ष पद पाएको थियो ।