२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

जानकी गाउँपालिका अध्यक्षकालागि पत्रकार गणेश चौधरीको मनोनय दर्ता

१२ बैशाख २०७९, सोमबार
जानकी गाउँपालिका अध्यक्षकालागि पत्रकार गणेश चौधरीको मनोनय दर्ता

कैलाली । नागरिक उन्मुक्ती पार्टीले जानकी गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । पार्टीका तर्फबाट अध्यक्षको उम्मेदवार पत्रकार गणेश चौधरी, उपाध्यक्षमा लालमति कठरियाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको वडा नम्बर १ को वडाध्यक्षमा तिलकबहादुर चौधरी, वडा नम्बर २ को वडाध्यक्षमा चक्रबहादुर चौधरी, वडा नम्बर ३ को वडाध्यक्षमा सुरेश चौधरी, वडा नम्बर ४ को वडाध्यक्षमा दिपेन्द्र कठरिया, वडा नम्बर ५ को वडाध्यक्षमा भिमबहादुर चौधरी, वडा नम्बर ६ को वडाध्यक्षमा इन्द्र चौधरी, वडा नम्बर ७ को वडाध्यक्षमा कमल महत्तो, वडा नम्बर ८ को वडाध्यक्षमा जनक चौधरी र वडा नम्बर ९ को वडाध्यक्षमा हरिचन नेपाली उम्मेदवार दर्ता गराएका छन् ।