कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया शिविरका स्थानीयलाई खाद्यान्न तथा नगद सहयोग गरिएको छ ।
वडा नम्बर ७ रामपुरका स्थानीयहरुले धान, गेहुँ र नगद संकलन गरि अग्नी पीडितलाई सहयोग गरेका हुन् । रापुरका भलमन्सा रामलाल चौधरीको नेतृत्वमा स्थानीयले उक्त खाद्यान्न लगायत नगद संकलन गरि सहयोग गरेका हुन् ।
भलमन्सा चौधरीले १५ क्वीन्टल गहुँ, ५ क्वीन्टल चामल, ७० केजी नून, आलु, खाने तेल र नगद ३ हजार रुपिया विपतपुरका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेको बताए ।
आइतबार भएको भिषण आगलागीबाट विपतपुर पुरै वस्ती खरानी भएको छ । दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् ।