२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

गठबन्धनबाट धनगढीको मेयरमा वड र उपमेयरमा अधिकारीको उम्मेदवारी दर्ता

१२ बैशाख २०७९, सोमबार
गठबन्धनबाट धनगढीको मेयरमा वड र उपमेयरमा अधिकारीको उम्मेदवारी दर्ता

धनगढी । धनगढी उपमहानगरपालिकामा तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वड र उपमेयरमा शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।
मेयर पदका उम्मेदवार वडले कांग्रेसबाट र उपमेयर अधिकारीले माओवादी केन्द्रबाट टिकट पाएका हुन् । मेयर पदका उम्मेदवार वड हालका मेयरसमेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट जितेका थिए ।
केन्द्रमा भएको सहमति अनुसार धनगढीमा नेकपा माओवादीलाई उपप्रमुख दिइएको थियो । अधिकारी उनी २०७४ को निर्वाचनमा पनि उप्रमुखमा चुनाव लडेकी थिइन् ।