२१ मंसिर २०७९, बुधबार December 7, 2022

भजनी नगरपालिका मेयरका लागि पुनः शेरबहादुर चौधरीलाई टिकट

१२ बैशाख २०७९, सोमबार
भजनी नगरपालिका मेयरका लागि पुनः शेरबहादुर चौधरीलाई टिकट

कैलाली । कैलालीको भजनी नगरपालिकाका मेयरका लागि पुनः शेरबहादुर चौधरी टिकट पाएका छन् । जिल्लामा तीन दलीय गठबन्धनको बैठकले भजनीमा मेयरको उम्मेदवार नेकपा माओवादी केन्द्रलाई दिने सहमती भएपछि पार्टीले मेयरका लागि चौधरीलाई टिकट दिएको हो ।
काँग्रेसबाट उपमेयरमा भजनी नगरपालिकाबाट गोकर्ण प्रसाद भण्डारीलाई अघिसारेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चौधरीलाई गठबन्धनबाट चौधरी मेयरको टिकट पाएका हुन् ।